काठमाडौं, २४ पुस – राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे ,सुमन श्री लगायतको अभिनय रहनेछ ।
यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।
फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनत्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।
फिल्म घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।
फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ ।
फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरुहुने फिल्मको फस्टलुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफीछ ।
तपाईंको प्रतिक्रिया